
काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफ.सी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको निर्धारित समयका एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेलको निर्णय टाई ब्रेकरबाट गर्नुपरेको हो ।
टाई ब्रेकरमा पोखरालाई ४–३ ले हराउँदै धनगढी लगातार दोस्रो पटक एनएसएल फुटबलको फाइनलमा प्रवेश ग¥यो । धनगढीले अब फाइनलमा दोस्रो क्वालिफायर विजेतासँग खेल्नेछ ।
आज हुने ललितपुर सिटी एफ.सी र काठमाडौं रेजर्सबिचको विजेताले दोस्रो क्वालीफायरमा पोखरा थन्डर्सको सामना गर्नेछ । उक्त खेलको विजेता टोलीले शनिवार उपाधिको लागि धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्