
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक मंगलबार बस्दैछ ।
बैठक आज बिहान १० बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने बताइएको छ ।
बैठकमा राष्ट्रिय सभाको निर्वाचनसँगै पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारीबारे पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्