१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबल


624
Shares

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफ.सी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३–० ले हरायो । काठमाडौँमाथि शानदार जित निकाल्दै ललितपुरले लिग चरणमा बेहोरेको हारको बदला समेत लिएको छ ।

ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरे । यो जितसँगै ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार पोखरा थन्डर्ससँग खेल्न पाएको छ ।

उक्त खेलको विजेताले उपाधिको लागि धनगढी एफ.सी.को सामना गर्नेछ । पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । फाइनल खेल शनिवार हुनेछ ।