
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा बर्न्लेलाई हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन डार्विन नुनेज र डिएगो योटाले एक एक गोल गरे । जितसँगै लिभरपुल १९ खेलबाट ४२ अंक बटुल्दै तालिकाका शीर्ष स्थानमा उक्लियो । एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
मंगलबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–२ ले हरायो । एस्टन भिल्लाका म्याक्गीन र डेन्डोन्करले दुई गोल गरेपछि मध्यान्तरसम्म म्यान्चेस्टर युनाइटेड २–० ले पछि प¥यो । दोस्रो हाफमा गार्नाचोले दुई तथा रास्मस होइलण्डले एक गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले विजयी गराए ।
गएराति भएका अन्य खेलहरुमा नटिङ्घम फरेष्टले न्युकासल युनाइटेडलाई ३–१ ले हराउँदा बर्नमाउथले फुल्हमलाई ३–० ले तथा लुटन टाउनले शेफिल्ड युनाइटेडलाई ३–२ ले पाखा लगायो ।
प्रतिक्रिया दिनुहोस्