
काठमाडौं । बाराका रुपेश स्वर्णकारको हत्याका मुख्य आरोपी भारतका सुटर सुजित सिंहलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा बसेर आपराधीक गतिविधि गर्दै आएका भारतको बिहार मोतिहारी जिल्लाका सिंहलाई बाराको विश्रामपुरबाट मंगलबार राति प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले सिंहको खुट्टामा गोली प्रहार गरेको जनाइएको छ । सिंहको दुवै खुट्टामा गोली लागेको छ ।
सिंहको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य आरोपी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
गत असोजमा दुई मोटरसाइकलमा आएका सिंह र अन्य ३ जना मिलेर बाराको कलैयामा सञ्चालक स्वर्णकारको दिउसै हत्या गरेको प्रहरीले जनाएको छ ।
खुट्टामा गोली लागेर घाइते भएका सिहलाई कलैया अस्पतालमा उपचार गराइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्