१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्येष्ठ नागरिकको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक : मन्त्री आचार्य


78
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरुको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताउनुभएको छ ।

जनसांख्यिक बनावटमा आएको परिवर्तन, बसाईसराईँ, वैदेशिक रोजगारी जस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा नयाँ चुनौतिहरु थपिएको उल्लेख गर्दै मन्त्री आचार्यले त्यस्ता चुनौतिको समाज सुहाउँदो रणनीति तय गरेर सामना गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिकहरुको अधिकार सुनिश्चित गर्नका लागि सरकारले सञ्चालन गरेर सेवा–सुविधासम्बन्धि कार्यक्रमहरु प्रभावकारी रहेको दाबी समेत गर्नुभयो । मन्त्रीआचार्यले ज्येष्ठ नागरिकहरुका लागि दिइएको सामाजिक सुरक्षासँग सम्बन्धित कामलाई बिस्तार तथा गुणस्तरीय बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरुको हितका लागि प्रवुद्ध वर्ग तथा सरोकारवाला निकायको सुझावलाई सरकारले अंगिकार गरेर अघि बढ्ने बताउनुभयो ।