२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कपिलवस्तुबाट अवैध चामल नियन्त्रणमा


1.014k
Shares

कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले ९९ सय क्युन्टिल भन्दा बढी अवैध चामल नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको हो ।

कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवामा वेबारिसे अवस्थामा राखिएको चामल प्रहरीले बरामद गरेको हो ।

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको हो । कृष्णनगर नगरपालिका–४, महादेवा बस्ने ट्रयाक्टर चालक सुकई केवटले ट्रयाक्टरबाट १ सय किलो अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएकोे प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।

बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

नेपालले चामल आयातमा प्रतिबन्ध लगाएपछि पहिल्लो समय चामलको तस्करी मौलाएको हो । चामलको तस्करी मौलाउँदै जाँदा प्रहरीले गस्ती टोलीलाई निगरानी बढाउन सक्रियता देखाएको छ ।