२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


पुराना राजनीतिक दललाई आक्षेप लगाएर गणतन्त्रको उपलब्धीमाथि प्रश्न उब्जाउन खोजे : मिन विश्वकर्मा


104
Shares

भक्तपुर । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले पुराना राजनीतिक दलहरुलाई आक्षेप लगाएर गणतन्त्रको उपलब्धीमाथि प्रश्न उब्जाउन खोजेको बताउनुभएको छ ।

भक्तपुरमा बुधबार भएको कार्र्यक्रममा उहाँले यही वहानामा देशमा अराजकता फैलाउन खोजेको आरोप लगाउनुभयो ।

बिगतका सरकारले भन्दा गठबन्धन सरकारले केही काम गरे पनि सोच अनुरुप काम गर्न भने नसकेको उहाँको भनाइ थियो ।

हल्ला अनुसार अर्थतन्त्रको अवस्था डामाडोल नभएको भन्दै उहाँँले अर्थतन्त्र परनिर्भताकै कारण सोचे अनुसार सुधार हुन नसकेको बताउनुभयो ।