
सिन्धुली । सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन एक महिनादेखि जाममा परेको छ ।
सिन्धुलीमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुुरुङ गर्ने टनेल वोरिङ मेसिन टिविएम एक महिना यतादेखि सुचारु हुन नसकेको हो ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये १० दशमलव ५ किलोमिटर सुरुङ निर्माण भइसकेको अवस्थामा गिलो माटोको पहिरो आएर टिविएम जाममा परेको जनाइएको छ ।
लगातार टिविएम जाममा पर्दा आयोजना र सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ ठकेदार कम्पनी कोवेकलाई करोडौको नोक्सानी भइरहेको छ ।
यसपटक सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टीबीएम) लाई पहिरोले थिचेपछि एक महिनादेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको छ ।
आयोजनाका प्रमुख मित्र बरालका अनुसार गिलो पहिरो माटो झरेर सुनकोशी– ७ मझुवाको डाँडा गणेशस्थान निगुली क्षेत्रमा चौथो पटक टनेल बोरिङ मेसिन (टीबीएम) एक महिनादेखि मेसिन अवरुद्ध भएको हो ।
यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टनेल बोरिङ मेसिन (टीबीएम) मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो पाउडर खसेर टनेल निर्माण अवरुद्ध भएको थियो ।
यसपटक जाममा परेको टनेल बोरिङ मेसिन (टीबीएम) डाइभर्ट गरेर अगाडि बढाउने र पहिरो हटाएर सञ्चालन गर्ने प्रयास भइरहेको सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका डिभिजनल ईन्जिनीयर अशोक गौतमले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्