
एजेन्सी । टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रस्तावलाई अनुमोदन गरेको छ ।
टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रस्तावलाई छलफलपछि अनुमोदन गरेको हो ।
यो पूर्ण संसदको मतदानमा राख्नको लागि पहिलो चरण हो । नेटोमा स्वीडेनको प्रवेश प्रोटोकलको स्वीकृतिसम्बन्धी विधेयकलाई समितिले सत्तारुढ न्याय र विकास पार्टी, नेसनलिस्ट मुभमेन्ट पार्टी र प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको मतले पारित गरेको थियो ।
आईवाईआई (गुड) पार्टीले विधेयकको विपक्षमा मतदान ग¥यो भने जनताको समानता र प्रजातन्त्र पार्टीले मतदानमा भाग लिएन ।
संसदले अन्तिम मतदानका लागि यस हप्ताको अन्त्यमा साधारण सभामा बोलपत्रमा बहस गर्नसक्नेछ । यदी संसद अवकाशमा प्रवेश गरेमा भोट आगामी नयाँ वर्षमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्