
एजेन्सी । इजरायलले गाजापट्टीमा हवाइ तथा स्थल आक्रमण जारी राखेको छ । पछिल्लो पटक रफाह शहरको आवासीय क्षेत्रमा गरिएको हवाइ हमलामा कम्तिमा २० जना प्यालेस्टाइनी मारिएका छन् । रफाह शहरको कुवेती अस्पताल नजिक रहेको आवासीय भवनमा इजरायली सेनाले भिषण हमला गरेको हो ।
मारिनेहरुमा बालबालिका र महिलाको संख्या अधिक रहेको बताइएको छ । इजरायलले हमास समुहलाई पूर्णरुपले ध्वस्त नपारेसम्म आक्रमण जारी राख्ने बताएको छ ।
उता हमास समुहका प्रवक्ताले भने इजरायलले युद्ध समाप्तीको घोषणा नगरेसम्म बाँकी रहेका इजरायली बन्धक छाड्न वार्ता समेत नगर्ने बताएका छन् ।
गत अक्टोबर ७ तारिखमा हमास लडाकु इजरायल छिरेर गरेको आक्रमणमा १२ सयभन्दा बढी इजरायली मारिएका थिए । त्यसपछि इजरायलले थालेको कारवाहीमा २१ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्