६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै


91
Shares

काठमाडौं । बिहीबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

बिहीबार बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनाका सुाथै सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको थियो ।

बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको एक वर्षे अवधिमा भएको कामप्रति धेरैजसो नेताले असन्तुष्टि जनाएका थिए । तर प्रधानमन्त्री दाहालले मन्त्रीहरु हेरफेर गर्न चाहेमा कांग्रेस त्यसमा बाधक बन्न नहुने गरी छलफल भएको बैठकपछि काँग्रेस नेता मिनबहादुर विश्वकर्माले बताउनुभयो ।

बैठकमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा काँग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादनलगायतका विषयमा छलफल शुरु भएको छ ।

राष्ट्रियसभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको र स्वास्थ्यमन्त्रीले मन्त्रालयका काम कारबाहीबारे जानकारी गराउनुभएको थियो । बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने जनाइएको छ ।