
काठमाडौं । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका– ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको मृत्यु भएको हो ।
बिहीबार राती १ बजे घरमै सुतिरहेका राईको घर भत्काएर हात्तीले अन्न खाने क्रममा राईलाई हात्तीले कुल्चिएर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्