२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युद्धरत प्यालेष्टाइनीको सहानुभूतिमा पाकिस्तानमा नयाँ वर्ष नमनाइने


221
Shares

एजेन्सी । पाकिस्तान सरकारले नयाँ वर्ष नमनाउने घोषणा गरेको छ । गाजामां युद्धरत प्यालेष्टाइनीहरुको सहानुभूतिमा पाकिस्तानमा यस वर्ष कुनै उत्सव नमनाइने भएको हो ।

नयाँ वर्षमा कुनै उत्सव नगर्न पाकिस्तानवासीलाई सरकारले उर्दी जारी गरेको छ । पाकिस्तानका कार्यवाहक प्रधानमंत्री अनवारुल हक काकर राष्ट्रको नाममा संबोधन गदै प्यालेस्टाइनसंग पाकिस्तान साथमा रहेकाले नयाँवर्षमा संयम र विनम्रताको परिचय दिन पनि देशवासीलाई आग्रह गर्नुभएको छ ।

मन्त्री काकरले प्यालेस्टाइनीहरुको गंभीर अवस्थालाई ध्यानमा राखि नयाँवर्षमा कुनैपनि प्रकारको खुशीयालीको आयोजनमा कडा प्रतिबन्ध लगाइएको बताउनुभयो ।