८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बालकुमारी क्षेत्र तनावग्रस्त (तस्बिरहरु)


9.88k
Shares

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडिमा आगजनी गरीएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले आफूलाई चालकले बैंठकस्थल छोडेर गाडी सिंहदरबार फर्कने क्रममा आगजनी गरेको बताउनुभएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन गरी रहेका प्रदर्शनकारीले बालकुमारी क्षेत्रमा उहाँको गाडी रोकेर आगजनी गरी दिएका हुन् । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी पूर्ण रुपमा जलेको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले अहिले प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको बताउनुभयो । आन्दोनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको हो ।

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन गरेको र सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।