२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालकुमारी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति


897
Shares

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् । समितिलाई सात दिनको समय दिइएको छ ।