२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : योगेश भट्टराई


117
Shares

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गर्नुभएको छ ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

पूर्वमन्त्री भट्टराईले उहाँले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताउनुभयो । उहाँले निगमले जति वटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याएपनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताउनुभयो ।

भट्टराईले निगमलाई निजी नभइ नेपाल टेलिकमको मोडलमा लैजन आफू मन्त्री भएको बेला काम थालेको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको बताउनु भयो । उहाँले २२ अर्ब नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले २२ अर्ब नाफा भए निगमले ५० अर्बको ऋणमा २२ अर्ब घटाउन आग्रह गर्नुभयो । उहाँले सरकारले निगमलाई अहिलेको मोडल परिवर्तन गरी जहाज ल्याउने भए एमालेले सहयोग गर्ने बताउनुभयो ।

पूर्वमन्त्री भट्टराईले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचिमा राख्नु ईयुको आफ्नै स्वार्थ रहेको बताउनुभयो । उहाँले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचिमा राख्नु एउटा मात्रै नभएर राजनीतिक तथा विश्व धु्रविकरण लगायत कारण रहेको बताउनुभयो । उहाँले सरकारले प्राधिकरण टुक्र्याउने शर्तलाई मान्न आवश्यक रहेको बताउनुभयो ।