
काठमाडौं । संस्कृति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिरोध गर्नु राष्ट्र हित विपरित भएको बताउनुभएको छ ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सव (रजत) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
मन्त्री किराँतीले निजगढ विमानस्थल अहिले बनाउन नदिइ विरोध गर्नेहरुले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताउनुभयो । उहाँले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्र हित विपरित हुने बताउनुभयो ।
मन्त्री किराँतीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताउनुभयो । उहाँले काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्