६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको आज समापन


143
Shares

काठमाडौं । बिहीबारदेखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार सकिँदैछ ।आजको बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे शुरु हुने जनाइएको छ ।

आजको बैठकमा पदाधिकारीहरुले बोल्ने कार्यसूची रहेको छ । बिहीबार र शुक्रबार बसेको बैठकमा मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखिसकेका छन् ।

गत मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन र बैठकमा पार्टीका मन्त्रीहरूले बोलेका आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका बारेमा आफ्नो आधिकारिक धारणा ल्याउने बताइएको छ ।

यसैगरि बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोटको निर्णय, महासमिति बैठकको तयारी, आगामी राष्ट्रिय मेलमिलाप दिवस लगायतका विषयमा पनि निर्णय गर्ने जनाइएको छ ।