
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । पौष १२ गतेदेखि बसेको केन्द्रिय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न काँग्रेसले आइतबार पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने जनाइएको छ । काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शनिवार साँझ सकिएको थियो ।
बैठकले राष्ट्रिय सभा सदस्य उम्मेदवारको मापदण्ड तोक्ने, भूकम्प प्रभावितहरुको वासस्थान बनाउँदै जाने, सुशासनमा सरकारलाई दबाब सिर्जना गर्ने लगायतका निर्णयहरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्