
काठमाडौं । दाङमा पिकनिकका लागि गएको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने अन्य ३१ जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बर्दियाबाट पिकनिकका लागि दाङ जाँदै गरेको बस आज बिहान राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डमा दुर्घटनामा परेको थियो ।
बसमा ४० जना यात्रु रहेका थिए । बस बर्दियाको बढैयाताल गाउँपालिका– ६ मैनापोखरको पिपरहवाको कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका– ३ मा रहेको चखौरा थारु संग्रहालयमा पिकनिकका लागि जाँदै थियो ।
प्रतिक्रिया दिनुहोस्