२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


प्रहरी संगठनभित्र सरुवा, बढुवामा पैसाको चेलखेल शून्यमा झारियो : गृहमन्त्री श्रेष्ठ


182
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गर्नुभएको छ ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गर्नुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताउनुभयो । गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने अवस्थाको आफूले अन्त्य गरेको उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले अवको ५० वर्षपछि छानविन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले अहिले प्रहरी संगठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको बताउनुभयो ।