
Reuters
एजेन्सी । जापानमा ७.६ म्याग्नेच्युडको भूकम्प गएको छ ।
देशको मध्यक्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण जापान सरकारले सुनामीको चेतावनी जारी गरेको छ ।
इशिकावाको समुद्र तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान सूचित गरिएको छ । नोटोमा ५ मिटरसम्मको छाल आएको एनएचकेले जनाएको छ । निगाता र तोयोमाका तटीय क्षेत्रका बासिन्दालाई पनि सुनामीबाट जोगिन सचेत गराइएको छ ।
अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन ।
प्रतिक्रिया दिनुहोस्