
काठमाडौं । नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो । उहाँले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले एकअर्काप्रति कडा प्रतिष्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताउनुभयो ।
सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्