२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मेलम्चीको पानी काठमाडौंबासीलाई वितरण गरियोस् : झलनाथ खनाल


208
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेता झलनाथ खनालले काठमाडौंबासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौं उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता खनालले काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताउनुभयो । उहाँले सरकारले पानीको आपूर्ति विस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गर्नुभयो । उहाँले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिइ चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताउनुभयो ।

नेता खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताउनुभयो ।