२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारको आसन फेरिए पनि तरिका फेरिएन : गगन थापा


351
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको बताउनुभएको छ ।

सोमबार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलको सरकारमा भिन्नता नभएको आरोप लगाउनुभयो । उहाँले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफू अनकुलको ऐन संशोधनको लागि प्रस्तावहरु आउन थालेको बताउनुभयो । उहाँले केही वर्षदेखि नेपाल ऐन संशोधन विकृति बढ्दै आएको भन्दै बाहिर प्रश्न उठ्दै आएको बताउनुभयो ।

महामन्त्री थापाले विगतका समितिमा ऐन संशोधनको विषयमा सांसदहरुले सुन्न समेत नपाएको ऐन पास भएको भन्दै आफू त्यसको भिक्टिम भएको बताउनुभयो ।