२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभा निर्वाचनका लागि हेटौंडामा निर्वाचन कार्यालय स्थापना


156
Shares

हेटौंडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीलाई निर्वाचन अधिकृत समेत तोकिएको छ ।

कार्यालयले यही पुष २० गतेदेखि निर्बाचनको प्रक्रिया सुरु गर्नेछ । बागमती प्रदेशमा ११९ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु गरी २३८ जना र प्रदेश सभाका ११० जना सभासद् समेत ३४८ जना मतदाता रहने छन ।

मतदानका लागि स्थानीय भुटन देबी माविको प्राविधिक शिक्षालय भवनलाई मतदान स्थल तोकिएको छ ।