२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलद्वारा न्युकासल युनाइटेड पराजित


676
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ४–२ ले हराएको छ ।

सोमबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गर्दा कोडी ग्याक्पो र कर्टीस जोन्सले एक एक गोल थपे ।

पराजित टोली न्युकासल युनाइटेडका अलेक्जेण्डर इसाक र सेभेन बोटम्यानले दुई गोल फर्काए । जितसँगै लिभरपुलले प्रिमियर लिगको अंक तालिकामा ३ अंकको स्पष्ट अग्रता लिएको छ ।

२० खेलबाट लिभरपुलले ४५ अंक जोड्दा समान खेलबाट ४२ अंक जोडेको एस्टन भिल्ला दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको म्यान्चेस्टर सिटी र चौथो स्थानको आर्सनलको समान ४० अंक छ । सिटीले अन्य टोलीहरुले भन्दा एक खेल कम खेलेको छ ।