२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुर्गापुर–सुखानी सडक कालोपत्रे गर्ने कार्य सम्पन्न


468
Shares

इलाम । इलामको माई नगरपालिकाबाट झापाको पूर्व–पश्चिम महेन्द्र राजमार्ग जोड्ने दुर्गापुर दानाबारी सडकको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । ट्रयाक खोलेको पाँच दशकपछि बल्ल सडक कालोपत्रे गरिएको हो ।

कोशी प्रदेश सरकारको पहलमा कालोपत्रे भएपछि झापा र दक्षिणी इलामको यात्रा सहज भएको छ । कन्काई नगरपालिका– ७ को दुर्गापुर जोड्ने सडकको ६ किलोमिटर झापा र साढे ६ किलोमिटर इलाम क्षेत्रमा कालोपत्रे भएको हो । सडकमा पर्ने पुलहरु नबन्दा सडक अलपत्र पर्दै आएको थियो ।

झापाको दुर्गापुरबाट इलामको सुखानी जोड्ने सडक कालोपत्रेको ठेक्का २०७८ भदौ ५ मा संझौता भएको थियो । यो सडक दक्षिणी इलामबाट महेन्द्र राजमार्ग जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो ।