२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दक्षिण कोरियाका विपक्षी दलका प्रमुखमाथि आक्रमण


663
Shares

एजेन्सी । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख ली जे–म्युङमाथि आक्रमण भएको छ ।

प्रमुख जे–म्युङलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको छ । देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणको क्रममा लीलाई एक अज्ञात व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको बताइएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।