१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको प्रदेश हो : मन्त्री साउद


78
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताउनुभएको हो । उहाँले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताउनुभयो ।