
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदिय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
देश विकासको गर्विलो आधार र आम मानिसहरुले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरुले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाई थियो ।
बुधबारबाट काठमाडौंमा सुरु भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले नेपाली जनताको विकासको तिब्र चाहनालाई सम्बोधन हुनेगरी पूर्वाधार विकासका काममा इन्जिनियरहरु लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिनका लागि सम्बन्धित पक्षहरुबीचमा बलियो सहकार्य गरेर अघि बढनुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले प्रभावकारी हुनेगरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरुलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्