१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्जिनियरहरुले सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाका लागि पहल गर्छु : मन्त्री ज्वाला


299
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरहरुले निजामती सेवामा सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले कुरा बताउनुभएको हो ।

मन्त्री ज्वालाले प्राविधिक कार्यालयहरुको नेतृत्व प्राविधिकहरुले नै गर्न पाउने इन्जिनियरहरुको माग जायज रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गराउने काममा पनि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले धेरै महत्वपूर्ण निकायहरुमा छुट्टै इन्जिनियरिङ शाखाको स्थापना गर्न सकिने आश्वासन समेत दिनुभयो ।

मन्त्री ज्वालाले कार्यालयहरुमा प्राविधिकहरुको नेतृत्वदायी भुमिका नहुँदा कतिपय कामहरु अघि बढाउन असजिलो भईरहेको उल्लेख गर्दै त्यसमा सुधार ल्याउने काममा आफू लागिपर्ने बताउनुभयो ।

मन्त्री ज्वालाले सरकारले इन्जिनियरहरु पलायन हुन नदिनेगरी आवश्यक वातावरण बनाउने कामलाई प्राथमिकता दिएको पनि बताउनुभयो ।