१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति


0
Shares

काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।

उच्च अदालनको न्यायाधीशमा नियुक्ति पाउनेहरुमा जिल्ला न्यायाधीशबाट २६ जना, कानुन व्यावसायीबाट ९ जना र कर्मचारीबाट चार जना रहेका छन् ।

यसैगरी न्याय परिषद् बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ । दलीय भागवण्डा मिलेपछि न्याय परिषदले न्यायाधीश नियुक्त गरेको हो ।