
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ ।
बजार परिसूचक नेप्से ८ अंकले घटेर २ हजार ४९ मा थामिएको हो ।
बिहीबार कारोबारमा आएका १ सय १३ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १ सय २८ कम्पनीको मूल्य घटेको छ ।
उपसमूहरु मध्ये व्यापार उपसमूह २ प्रतिशतले वृद्धि हुँदा जलविद्युत तथा लगानी उपसमूह १ प्रतिशत र म्युचल फण्ड सामान्य अंकले बढेका छन् । अन्य समूहहरु भने घटेका छन् ।
बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार ३ सय ३ कमप्नीको १ करोड ६० लाख ५२ हजार कित्ता शेयर ५ अर्ब ५८ करोड रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।
कालीका पावर, सिंगटी हाइड्रो, नेपाल वेयर हाउस कम्पनी, मुक्तिनाथ कृषि कम्पनी लगायत पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने सिदार्थ प्रिमियर इन्सुरेन्स ६ प्रतिशतले घटेको छ । बिहीबार पनि सोनापूर सिमेन्टको सर्वाधिक ३३ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्