
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले संग्रहालयमा रामापिथिकसदेखि शुरु गरेर नेपालमा शासन गर्ने शासकहरु गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताउनुभयो । २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि राम्रो हुने बताउनुभयो ।
अध्यक्ष नेपालले गणतन्त्र सम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्ने बताउनुभयो । उहाँले लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदानका गाथाहरु त्यसमा लेखिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्