
काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गएको बताउनुभएको छ ।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन बोर्डको उद्देश्य स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले पर्यटन बोर्डको मापदण्डअनुसार ६० प्रतिशत बजेट पर्यटन प्रवद्र्धनका लागि विदेशमा खर्च गर्नुपर्ने प्रावधान रहेको भन्दै सो बजेट खर्च भएको छ ? भन्दै प्रश्न गर्नुभयो ।
सांसद राणाले लण्डनको वल्र्ड टावर मार्केट टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भएको नेपाल यस वर्ष हुन नसकेको बारे पर्यटन बोर्डसँग जवाफ माग गर्नुभयो ।
सांसद राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं उपत्यकाका तीन वटै दरबार स्क्वायरमा सूचना डेस्क अहिले किन नराखेको हो ? भन्दै प्रश्न गर्नुभयो । विमानस्थलमा निजी क्षेत्रबाट सूचना डेस्क रहेको भएपनि सरकारी डेस्क नराख्नुको कारण माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्