
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मानव विकास सूचकांकमा पछाडि परेका समुदायलाई अगाडि बढाउन प्रयास गर्ने बताउनुभएको छ ।
बिहीबार मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम महिलाको उत्थान एवं विकासमा आयोगको भुमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आचार्यले मानव विकास सूचकांकमा पछि परेका जातजाति र समुदायलाई अगाडी बढाउन सरकारको प्रयास रहने बताउनुभएको हो ।
मन्त्री आचार्यले तल परेका वर्ग र समुदायको उत्थानले देशको विकासमा ठूलो टेवा पु¥याउने बताउनुभयो । उहाँले मुस्लिम महिलाहरुमा शिक्षाको कमी रहेको उल्लेख गर्दै समाज परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मुस्लिम समुदायको उत्थानका लागि सरकारले गर्नुपर्ने कामहरुको सुझाव माग्दै सुझाव अनुसारको काम सरकारले गर्ने पनि बताउनुभयो ।
मन्त्री आचार्यले नेपाल गरिब देश नभएको बताउनुभयो । नेपाल गरिब नभएर नेपालीहरुको मानसिकता मात्रै गरिब भएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्