
एजेन्सी । इरानमा बुधवार गरिएको श्रृंखलावद्ध बम बिष्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूह (आई.एस) ले लिएको छ ।
इरानका गुप्तचर प्रमुख कासिम सुलेमानीको अमेरिकाले गरेको हत्याको वार्षिकोत्सव मनाउने भीडमा बुधवार बम आक्रमण हुँदा ८४ जना मारिएका थिए । आफ्ना दुई लडाकुले दक्षिणी इरानको केरमान शहरमा बम आक्रमण गराएको आइ.एस.को दाबी छ ।
इरानले सुरुमा आक्रमणको पछाडि इजरायल र अमेरिकाको हात रहेको आरोप लगाएको थियो । आईएसले आफ्नो टेलिग्राम च्यानल मार्फत उक्त दाबी गरेको हो । यो समूहले पछि आफ्नो समाचारपत्र ‘अमाक’मा मास्क लगाएका दुई जना नागरिकलाई आक्रमणकारी भन्दै फोटो सार्वजनिक गरेको छ ।
आईएसले आक्रमणकारीहरूलाई “ओमर अल–मुवाहिद’’ र “सैफुल्लाह अल–मुजाहिद’’ नाम दिएको छ । उनीहरु इरानी नागरिक हुन् वा विदेशी भन्ने खुलेको छैन । हालैका वर्षहरूमा आईएसले इरानमा नागरिक र सुरक्षा बलहरूमाथि आक्रमण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्