१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतीय विदेशमन्त्री जयशंकर आज स्वदेश फर्कने


143
Shares

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आउनु भएका भारतीय विदेशमन्त्री एस जयशंकर आज दिउँसो स्वदेश फर्कनु हुनेछ ।

शुक्रबार विहान विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएपछि आजै दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

बिहीबार काठमाण्डौ आउनुभएका विदेशमन्त्री जयशंकर त्यस दिन भेटघाट र दुई पक्षीय वैठकहरुमा व्यस्त रहनुभयो । उहाँले काठमाडौं आइपुग्नासाथ बिहानै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गर्नुभयो भने त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेट गर्नुभयो ।

राष्ट्रपति र प्रधानमनन्त्रीसँगको भेटपछि विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री साउदसँग औपचारिक भेटवार्ता गरी संयुक्त आयोगको बैठकमा सहभागी हुनुभयो । विदेशमन्त्री जयशंकरले हिजै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नुभयो ।

विदेशमन्त्री जयशंकरसँगै भारतबाट आएको टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत रहेका छन् ।