
एजेन्सी । युरोपेली मुलक स्वीडेनमा २५ वर्ष यताको बढी चिसो भएको छ । स्वीडेनका विभिन्न राज्यहरुमा अहिले तापक्रम शुन्यदेखि माइनस ४० डिग्री सेंटीग्रेडसम्म झरेको छ ।
यो समयमा यहाँ २५ वर्ष यताकै चिसो तापक्रम रेकर्ड भएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
अध्याधिक चिसो र हिमपातकै कारण यहाँका धेरै राज्यहरुमा विद्यालयहरु बन्द गरिएका छन् । पश्चिमी युरोपको नॉर्डिक क्षेत्रमा विगत तीन दिनदेखि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ ।
नार्डिकमा पुलहरु बन्द हुदाँ सवारी आवागमनमा रोक लगाइएको छ । स्थानीय प्रहरीले यात्रुहरुलाई अनावश्यक यात्रा नर्गन सचेत गराएका छन् ।
युरोपका धेरै देशहरुमा अध्याधिक चिसो बढ्नुका साथै शीतलहरले जनजीवन प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्