२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट अयोध्या प्रस्थान


325
Shares

काठमाडौं । नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिरका महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित अयोध्या प्रस्थान गरेको हो ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीवार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो । शुक्रबार बिहान उक्त टोली वीरगञ्जबाट अयोध्याका लागि प्रस्थान गरेको हो ।

रक्सौलको बाटो भएर गोरखपुर हुँदै शुक्रबार रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ । राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राम मन्दिर निर्माण भएको छ । पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेको छ ।

यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्ने छ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।