
फाइल तस्बिर
काठमाडौं । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गर्नुभयो ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन हिजो आउनुभएका जयशंकरले काठमाडौं अबतरणलगत्तै उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । यसबीचमा उहाँ आयोगको बैठकमा सहभागी हुनुभयो । आयोगको बैठकपछि नेपाल र भारतबीच विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएका थिए ।
शुक्रबार स्वदेश फर्किनुअघि उहाँले बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै वृक्षरोपण पनि गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्