
web pic
बर्दिया । गाडीको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका –३ विपतपुरका लौके दमाइ रहेका छन् ।
गुलरियाबाट राजापुर आउँदै गरेको भे १ ज १३३७ नम्बरको विद्युतिय गाडीले राजाप्र –१० खैरी चन्दनपुरमा साइकलमा सवार दमाइलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दमाइलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पठाएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटना स्थलवाट गाडी र चालक सिम्पल चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्