
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवना गर्ने भएको छ ।
नगरभित्र रहेका बजार क्षेत्र, र खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै नगरपालिकाले फोहोर फाल्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो ।
यसैक्रममा शनिबार बाँगी खोला, घोचो खोला, भद्री खोला लगायतका क्षेत्रमा दिन प्रतिदिन फोहोर बढ्दै गएपछि सरसफाइ गरिएको छ ।
जनप्रतिनिधि ,सुरक्षा निकाय ,राष्ट्र सेवक कर्मचारी, स्थानीय लगायतले सरसफाइ अभियानमा सहभागी जनाएका थिए । फोहोरले दुर्गन्ध फैलिएपछि जनदबाब आएको र सोहि अनुसार नगरपालिकाले सबै निकाय जुटाएर सरसफाइ अभियान संचालन गरेको सन्धिखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले अब देखि प्रत्यक हप्ताको अन्तिम शनिबार सरसफाइ अभियान सञ्चालन गर्ने छ । सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई पहिलो पटकमा सचेत गराउने र द्रोस्रो पटकमा पुन सोहि कार्य गरेमा जरिवना गर्ने मेयर श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्