
काठमाडौं । प्रिमियर क्लबहरु चेल्सी, एस्टन भिल्ला, न्युकासल युनाइटेड र शेफिल्ड युनाईटेड एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको तेस्रो चरणको खेलमा चेल्सीले प्रेस्टन नर्थ इन्डलाई ४–० ले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा चेल्सीले चार गोल गरेको हो ।
एफ.ए कपकै अन्य खेलहरुमा एस्टन भिल्लाले मिडिल्सब्रोलाई १–० ले हराउँदा न्युकासल युनाइटेडले सण्डरल्याण्डमाथि ३–० को जित निकाल्यो ।
यसैगरि शेफिल्ड युनाइटेडले गिलिङ्मलाई ४–० ले पराजित गर्दा लेष्टर सिटीले मिलवाललाई ३–२ ले पाखा लगायो ।
शनिबार राति बर्नमाउथले क्वीन्स पार्क रेन्जर्स (क्यु.पि.आर) माथि ३–२ को जित निकाल्यो ।
प्रतिक्रिया दिनुहोस्