
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त हुने २० पदमध्ये १९ पदमा माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको हो । आज दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली पुस २७ गते प्रकाशन हुनेछ ।
सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० गते सकिने भएको र पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्