१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एफ.ए कप फुटबलमा लिभरपुलद्वारा आर्सनल २–० ले पराजित


273
Shares

काठमाडौं । एफ.ए कप फुटबलमा लिभरपुलले आर्सनललाई २–० ले हराएको छ । आर्सनलको मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा लिभरपुललाई विजयी गराउन लुइस डियाजले एक गोल गर्दा ज्याकुब किवेरले एक आत्माघाति गोल गरे ।

लिभरपुलले दुबै गोल खेलको ८० मिनेट पछि गरेको हो । जितसँगै लिभरपुल एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गर्दा आर्सनल भने बाहिरिएको छ ।

गएराति भएको अर्को खेलमा हडर्सफिल्ड टाउनलाई ५–० ले हराउँदै म्यान्चेस्टर सिटी पनि चौथो चरणमा प्रवेश ग¥यो । सिटीको लागि फिल फोडेनले दुई गोल गर्दा जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोल गरे ।

हडर्सफिल्डका बेन ज्याक्सनले एक आत्माघाति गोल गरेका हुन् । यही खेलमार्फत सिटीका बेल्जीयन खेलाडी केभिन डे ब्रायनले पुनरागमन गरेका छन् । चोटका कारण डे ब्रायनले गत अगष्टदेखि खेल्न सकेका थिएनन् ।