१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माघ १८ गतेदेखि वालिङ महोत्सव हुने


351
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा आगामी माघ १८ गतेदेखि ८ औं वालिङ महोत्सव हुने भएको छ ।

“हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान“ भन्ने नाराका साथ माघ १८ देखि २८ गतेसम्म महोत्सव संचालन गरिने जानकारी आयोजकले दिएका छन् ।

महोत्सवको आयोजक वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्म्मेलन गरी महोत्सवको तयारी तीब्र गतिमा अघि बढिरहेको जनाएको हो ।

आयोजक समितिका अध्यक्ष चेतनारायण श्रेष्ठले महोत्सवमा २५० स्टल रहने र करिब ५० प्रतिशत स्टल बुकिङ भैसकेको जानकारी दिनुभयो । १० करोडसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको महोत्सव ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

महोत्सवबाट हुने कुल नाफाको ५ प्रतिशत खेलमैदानको संरक्षण र विकासका लागि खर्च गर्ने पनि आयोजकको भनाइ छ ।