
काठमाडौं । शेयर बजार सोमबार ३६ अंकले बढेको छ ।
बजार परिसूचक ३६ अंकले बढेपछि नेप्से २ हजार ५९ बिन्दुमा पुगेको छ ।
कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ । सामूहिक लगानी कोष बाहेक अरु सबै समूहमा आज हरियाली छाएको छ भने जीवन बिमा समूहमा सबैभन्दा बढी ३ प्रतिशत बढीको वृद्धि भएको छ ।
यस्तै, विकास बैक, वित्त, जलविद्युत, लगानी र अन्य समूह २ प्रतिशत बढीले उकालो लाग्दा अरु समूह पनि १ प्रतिशत बढीले बढेका छन् । यसदिन १ सय १२ कम्पनीको मूल्य बढ्दा २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
एक दर्जन बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोवार हुँदा सोनापूर सिमेन्ट र माउन्टेन इनर्जिको सर्वाधिक कारोबार भएको छ । यसदिन ३ सय ९ कम्पनीको १ करोड ३७ लाख कित्ता शेयर ४ अर्ब ६७ करोड बराबरमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्